गाईवस्तुले पनि खान थाले चकलेट !

काठमाडौं, माघ १४ । मानिसले रुचाउने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ । मोरङको एक उधोगले गाइवस्तुको दानाका रुपमा चकलेट उत्पादन गरेको हो ।

विशेष गरी यो चकलेट दुध दिने गाईवस्तुको लागि लाभदायी हुने उधोगको दाबी छ ।

बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपुर्ति गर्न आधुनिक दानाका रुपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

उद्योग सञ्चालक रोम कट्टेल गाईवस्तुलाई चाहिने पोषक तत्व चकलेटबाटै परिपूर्ति गर्ने गरी उत्पादन थालिएको बताउँछन्।

उनले भने, ‘सहरी संस्कृति बढेसँगै अहिले आफैें गाईवस्तु पालेर दूध खाने प्रचलन पनि बढेको तर वस्तुलाई चाहिने हरियो घाँसको अभाव भएकाले त्यो पूरा गर्न चकलेट उत्पादन गरेका हौं।’

उनका अनुसार खसीबाख्रालाई पनि खुवाउन मिल्ने चकलेट आधा र एक केजी तौलमा उत्पादन गरेर बजारमा बिक्रीका लागि पठाइएको छ। यसमा हरियो घाँसमा पाइने पोषणसँगै अतिरिक्त तत्व पनि मिलाइएको हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =