आज आईतबार, तपाईको राशिफल यस्तो छ

“
काठमाडौं, माघ १४ ।
मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनको शुरुवातमा हजुरलाई मानसिक तनाव भएनि दिनको मध्यमा गएर आरोग्यता आउनेछ। बिहानको शुरुवातमा आर्थिक हानि भएनि दिनको मध्यमा गएर आर्थिक पक्ष मजबूत हुनेछ।दिनको शुरुवातमा जस नपाएनि दिनको मध्यमा काम बन्नेछ।
वृष-(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनको शुरुवातमा हजुरको स्वास्थ्य राम्रो हुने तथा सत्कारको योग बनेको छ भने दिनको मध्यमा मानसिक अशान्ति छाउनेछ तथा शारीरिक समस्या आउनेछ आजको दिनको शुरुवातमा गरेको यात्रा फलदायी हुनेछ तर दिनको मध्यमा गएर विरोधी बढ्ने तथा पढाईतिर ध्यान जादैन।
मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आज दिनको शुरुवातमा हजुरलाई तनाव भएनि दिनको मध्यमा गएर स्वास्थ्य राम्रो हुनेछ तथा आदर सत्कार पाउने योग बनेको छ। आज दिनको शुरुवातमा पारिवारिक सहयोग नपाएनि दिनको मध्यमा गएर आफन्तको सहयोग पाईनेछ। दिनको शुरुवातमा काममा झ्याऊ झमेला हुनेछ तर दिनमा काममा सफलता मिल्ने योग बनेको छ। आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः ।
कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आज दिनको शुरुवातमा हजुरको आर्थिक पक्ष राम्रो भएनि दिनको मध्यमा गएर मानसिक पआगमन हुनेछ तथा जताबाट पनि हर्षको खबर आउनेछ। आजको दिनमा सरकारी स्तरीय सम्मान पाउने योग पनि बनेको छ तथा साथीहरुबाट सहयोग मिल्ने योग पनि छ। आज जप्ने मंत्र ॐ सों सोमाय नमः।
सिंह-(मा मि मु मे मो टा टि टु टे)
आज दिनको शुरुवातमा हजुरको स्वास्थ्य राम्रो हुनेछ र दिनको मध्यमा एक्कासी धन तथा जमीन लाभ हुनेछ।दिनको शुरुवातमा व्यापारमा घाटा भएनि दिनको मध्यमा गएर आयमा वृद्धि हुनेछ। बिहान मनमा अशान्ति छाउनेछ तर दिनमा जनताबाट पनि खुशीको खबर सुन्न पाइन्छ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः।
कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आज दिनको शुरुवातमा हजुरको स्वास्थ्य नराम्रो भएनि दिनको मध्यमा गएर स्वास्थ्य राम्रो हुनेछ। आज बिहानको समयमा चोटपटक लाग्ने डर हुनाले सडकमा हिड्दा ख्याल गर्नुहोला आजको दिनमा सोचेको काममा असफलता मिल्नेछ। आजको दिनमा जप्ने मंत्र ॐ बुं बुधाय नमः।
तुला-(रा री रु रे रो ता ती तु ते)
आज दिनको शुरुवातमा हजुरको सरकारीकाम बन्दैन र दिनको मध्यमा गएर एक्कासी रोग लाग्नेछ। आज अन्जान व्यक्तिसंग विवाद हुने योग परेको छ साथै आजको दिनमा काममा असफलता मिल्नेछ। तथा दीर्घरोगको शुरुवात हुने योग परेको छ। आज जप्ने मंत्र ॐ शं शनैश्चराय नमः।
तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनको शुरुवातमा धनसम्पत्ति आउने तथा मानसिक शान्ति छाउने योग परेको छ तर दिनको मध्यमा गएर सरकारी काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्नेछ। दिनको शुरुवातमा हजुरलाई पारिवारिक सहयोग तदा नयाँ ठाउँमा भ्रमण गर्ने योग पनि बनेको छ भने दिनको मध्यमा व्यापार व्यवसायमा घाटा हुनेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः।
धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आज दिनको शुरुवातमा धन लाभ हुने तथा स्वास्थ्य राम्रो हुनेछ र नयाँ ठाऊको भ्रमण हुने योग परेको छ। आजको दिनमा राजनीतिक क्षेत्रमा फाईदा छ। आजको दिनमा घरमा चहल-पहल हुने तथा शत्रु माथि विजय मिल्नेछ। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः ।
मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आज दिनको शुरुवातमा हजुरको काममा बाधा आउने छ तर दिनको मध्यमा गएर धन लाभ हूनेछ। बिहान मनमा अशान्ति छाउने तर दिनमा मनमा शान्ति मिल्नेछ र साथै यश किर्ति बढ्ने योग परेको छ। आज जप्ने ॐ नमः शिवाय । पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा झ्याल झमेला हुने तथा मन चंचल हुनेछ साथै काममा विघ्नबाधा आउनेछ। आजको दिनमा हजुरलाई मानसिक तनाव हुनेछ। आजको दिनमा पेट तथा कम्मर सम्बन्धित रोग लाग्ने देखिएको छ। आज जप्ने मंत्र ॐ विघ्नेश्वराय नमः।
मीन -(दी दू थ झ ञ दे दो चा ची)
आज दिनको शुरुवातमा आरोग्यता प्रसन्नता तर दिनको मध्यमा गएर मानसिक असन्तोष मिल्नेछ। आजको दिनमा विरोधी बढ्नेछन् तथा अपजसपनि पाईनेछ। आज बिहान काममा सफलता मिल्ने तथा आर्थिक वृद्धि हुने देखिन्छ।नयाँ बिहान नयाँ कामको शुरुवात गरे फाईदा हुने देखिएको छ तर दिनमा काममा असफलता मिल्नेछ। आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः ।
“








