बंगलादेश पुग्यो आहा राराको सेमिफाईनलमा

पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रिक्वाटर फाइनलमा बंगलादेशको उत्तर बरिन्धरा क्लव सेमिफाइनल प्रबेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको पहिलो क्वाटर फाईनल खेलमा सुदुर पश्चिम ११ स्पोर्टिङ क्लवलाई २–१ को गोल अन्तरले पराजित गर्दै उत्तर बरिन्धरा क्लब प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको ७४ आैं मिनेटमा उत्तर बरिन्धरा क्लवका सिल्ला सोन्लेमानेको पासमा मिदो मास्साले पहिलो गोल गरेका थिए भने पहिलो गोलको ९ मिनेटको अन्तरमा उत्तर बरिन्धरा क्लबकै सिल्ला सोन्लेमानेले एक गोल थप गरे । दोश्रो हाफको थप समयमा बरिन्धराका सिल्ला सोन्लेमाने र काडे लन्सानेले रातो कार्ड पाएका थिएका थिए ।

खेलमा सुदुर पश्चिमका तर्फबाट ७८ औं मिनेटमा पाएको पेनाल्टीलाई धिरज गुरुङले गोलमा परिणत गर्न सकेनन । सुदुर पश्चिमकै खेलाडी बिनोद केसीले खेलको ८८ औं मिनेटमा १ गोल गरे । सुदुर पश्चिम ११ का प्रशिक्षक सुरेश हमालले खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताउदै पाएको अवसरलाई सदुपयोग गर्न नसकेको बताए ।

तेस्रो क्वाटर फाइनल खेल नेपाल सशस्त्र प्रहरी बल र संकटा क्लबको बिजेता टिमसँग उत्तर बरिन्धरा क्लब बंगलादेश सेमिफाईनलमा भिड्नेछ । आईतबार दोश्रो क्वाटर फाईनल खेल त्रिभुवन आर्मी क्लव र धरान फुटबल क्लव बीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =