बेन स्टोक्सको रेट १२ करोड रुपैयाँ

“एजेन्सी । नयाँ सिजनको इन्डियन प्रिमियर लिगका (आईपीएल) का लागि इङ्ल्यान्डका क्रिकेटर बेन स्टोक्स १२ करोड ५ लाख भारतीय रुपैयाँमा बिकेका छन् ।
सबैभन्दा महंगा खेलाडी बनेका उनलाई राजस्थान रोयल्सले १२ करोड ५ लाख भारतीय रुपैयाँमा किनेको हो । आईपीएलको अक्सनमा परेका खेलाडीमध्ये इङ्लिस अलराउन्डर बेन स्टोक्स सबैभन्दा महंगा खेलाडी बनेका हुन् ।
तर अघिल्लो सिजनमा भन्दा उनको भाउ भने घटेको छ । अघिल्लो सिजनको आईपीएलमा उनलाई राइजिङ्ग पुणे सुपरजाएन्टले १४।५ करोडमा किनेको थियो । यस पटक उनको न्यूनतम् मूल्य २ करोड रुपैयाँ तोकिएको थियो । आईपीएल-१० मा उनले ३१६ रन बनाउँदै १२ विकेट पनि लिएका थिए ।
बेन स्टोक्सलाई इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) को तर्फबाट आईपीएलको ११ औँ सिजनमा खेल्ने अनुमति मिलेको थियो । अघिल्लो साल सेप्टेम्बरमा भए ब्रिस्टल विवादमा मुछिएका कारण उनी गिरफ्तार भएका थिए ।
स्टोक्सले यसबारेमा अझै पनि अन्तिम प्रहरी प्रतिवेदनको प्रतिक्षा गर्नुपरेको छ । स्टोक्स अहिलेको इङ्ल्यान्डको टीममा छैनन् । २६ वर्षका स्टोक अघिल्लो वर्ष सबैभन्दा महंगो १४।५ करोड रुपैयाँमा बिकेका थिए ।
आईपीएल अक्सनमा रहेका दुई भारतीय ब्याट्सम्यानहरु केएल राहुल र मनिष पाण्डे स्टोकपछि महंगो मूल्यमा विकेका छन् । राहुललाई किङ्स(११ पञ्जापले ११ करोड रुपैयाँमा किनेको छ । त्यसैगरी मनिष पाण्डेलाई सनराइजर्स हैदरावादले ११ करोडमै खरिद गरेको छ ।”








