आगलागी पीडितलाई युकेबाट रु चार लाख

भोजपुर, २० असार । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई रु चार लाख १५ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।

भैँसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गर्नुभएको हो ।

२०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा पाँच घरमा क्षति पुगेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *