आहा राराको क्वाटर फाईनलमा सुदुरले बंगलादेशी क्लबको सामना गर्दै

पोखरा, माघ १३ । आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनल खेलमा सुदर पश्चिम ११ स्पोर्टिड क्लबले उत्तर बरिन्धारा क्लबको सामना गर्दैछ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक साहारा क्लब पोखरालाई ३=० ले हराउँदै सुदुरले अन्तिम ८ मा स्थान पक्का गरेको हो भने उत्तर बरिन्धाराले भने सोझै क्वाटरफाइनलमा स्थान पाएको हो । बरिन्धारा अघिल्लो सिजन बंगलादेशको पहिलो डिभिजनबाट रेलिगेट भएको टोली हो ।

आफ्नो प्रतिद्वन्दीको खेल थाहा नभएपनि यो खेल आफ्नो पक्षमा पार्न हर सम्भव प्रयास गर्ने सुदुरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले बताए । “पहिलो खेलमा रवाफिलो जितसँगै हामी उच्च मनोबलका साथ खेल्नेछौं ” , उनले भने , “हामीले बरिन्धाराको खेल देखेको छैनौ तर हामीले शत प्रतिशत दिएर खेल्नेछौं ।”

इटहरी गोल्ड कपमा केही क्लबहरुको व्यस्तताका काराण हिजो मात्र आहा-रारा गोल्डकपको क्वाटरफाइनल यताको तालिका सार्वजनिक गरिएको हो । खेल पोखरा रंगशालामा २स्४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्सले गर्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =