नदी–खोलामा शौचालय र ढल

धादिङ, २० असार । बजारबासीले त्रिशूली नदी र थोपलखोलामा ढल तथा शौचालय मिलाएपछि प्रदूषण बढेको छ । नदी र खोलामा मिसाइएको ढल र शौचालयले दुर्गन्ध बढेको छ । बजार क्षेत्रमा बनाइएका घरहरुमा बनाइएका शौचालय सिधै खोलामा हाल्दा र ढलसमेत नदीमा मिसाउँदा प्रदूषण मात्र नभई यसको आकर्षणमा समेत कमी आएको त्रिशूली बचाऔँ अभियानका उत्तम कँडेलले बताउनुभयो ।

नदी संरक्षण र यसको सुन्दरता बचाएर पर्यटक भित्र्याउन बजारवासीले सामूहिक रुपमा सञ्चालन गरेको महाअभियानले नदी बचाउन अभियान सञ्चालन गरेको छ । त्रिशूली नदीमा र थोपल खोला आसपासमा पालिएका बङ्गुरबाट उत्सर्जित फोहरसमेत सोझै पानीमा मिसाइदिएकाले गर्दा पानी अत्यन्त फोहर भएको उनीहरुको भनाइ छ । सोका कारण नदी र खोलाको पानीले नुहाउँदा मानिसलाई छालासम्बन्धी रोग देखा पर्न थालेको छ ।

नदी संरक्षणमा लाग्नका लागि अभियानकर्ताले हालै निर्वाचित जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाउने र उनीहरुलाई वातावरण स्वच्छतातर्फ काम गर्नका लागि दबाब दिन थालेका छन् । अहिले त्रिशूलीमा फिरफिरेबाट बालुवा प्रशोधन गरेर निस्किएको फोहर पानी तथा राजधानीलगायत स्थानबाट ल्याइएका फोहर फाल्नाले दिनानुदिन प्रदूषण बढिरहेकाले जलयात्रा गर्ने पर्यटकको सङ्ख्यासमेत घटेको बताइएको छ । नदी संरक्षण गर्न र अवैध रुपमा सञ्चालन गरिएका बालुवा खानी बन्द गर्न पहल थालिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *