पाँचथरमा भएकाे दुर्घटनामा २ को मृत्यु

पाँचथर, माघ १३ । पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर ३ ओयाममा मध्यरातमा भएको दुर्घटनामा २ जनाको मृत्यू भएको छ । ग १ ज ६०८५ नम्वरको जीप दुर्घटना हुँदा याङवरक ३ का का १८ वर्षीय प्रबेश योङया र १६ वर्षीय सन्दिप योङया छन ।

दुर्घटनामा सोहि स्थानका १२ वर्षीय बलराम योङया १२ वर्षकै प्रकाश योङया,प्रदीप राई,१७ वर्षीय प्रदीप राई १७ वर्षकै लक्ष्मण राई,२४ वर्षीय मनोज गुरुङ र १६ वर्षीय बिशाल योङया घाइते छन । घाइतेहरुलाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि झापाको वि एण्ड सी अस्पतालतर्फ पठाइएको छ ।

अधिकांशको टाउको र ढाडमा चोट लागेका कारण अस्था गम्भिर रहेको वताइएको छ । दुर्घटनाका कारण खुल्न नसकेकको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जीप सडकवाट ३ सय मिटर तल खसेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =