केराबारी अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

विराटनगर, २० असार । केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

सो गाउँपालिकामा काँग्रेसका रोहितबहादुर कार्की पाँच हजार ४९९ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको निर्वाचन अधिकृत खरुदेव चुडालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले पाँच हजार २१७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बू पाँच हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कल्पना कटुवालले चार हजार ६१२ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *