पुलिस आहा राराको क्वाटरफाइनलमा

“
पोखरा । १६ औं आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लबले झापा ११ लाई १–० गोलको कठिन जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रगंशालामा भएको अन्तिम प्रिक्वाटरफाइनलमा सुमन लामाले गरेको एक मात्र गोल निर्णायक भएपछि पुलिसको क्वाटरफाइनल यात्रा पक्का बनेको हो ।
पुलिसले माघ १६ गते मनाङमस्याङर्दी सँग सेमिफाइनलको लागी प्रतिस्पर्धा गर्नेछ ।
पोखरेली मैदानमा तेश्रोे पटक भिडेका पुलिस र झापाले एकले अर्कोलाई रोक्ने प्रयास मात्रै गरे । नयाँ र पुराना खेलाडी बटुलेर मैदानमा उत्रेको झापाले दोश्रो भेटमा पुलिसलाई हराउन सकेन । २०७२ मा झापाले पुलिसलाई २–० ले पराजित गरेको थियो भने, २०५९ र अहिले पुलिसले झापालाई पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको छ ।
खेलको १४ औ मिनेटमा सुमन लामाले मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाउदै झापाका दुई डिफेन्सलाई छकाउदै गोल गरे । पहिलो हाफमै गोलको सामना गरेको झापाले दोश्रो हाफको उत्तरार्द्ध आक्रामक खेल प्रर्दशन गरेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।
प्रतियोगिता अन्तर्गत शनिबारको खेल सुदुरपश्चिम स्पोटिङ क्लब धनगढी र बंगलादेशको उत्तर बरिन्धरा क्लब वीच पहिलो क्वाटरफाइनल हुने छ ।
“








