नेपाल मेडिसिटीमा एनएमबी बैंकका ग्राहकलाई १० प्रतिशत छुट

“
माघ १२, काठमाडौं। नेपाल मेडिसिटी र एनएमबी बैंक लिमिटेडबीच बैंकका ग्राहकहरूलाई उपचार गर्दा १० प्रतिशत छुट दिनेबारे सम्झौता भएको छ । ललितपुरको भैंसेपाटी स्थित अन्तर्राष्ट्रिय गुणस्तरको नेपाल मेडिसिटी अस्पताल र नेपालको उत्कृष्ट बैंक एनएमबी बीच बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
एनएमबीका ग्राहक तथा कर्मचारीहरूका लागि सो अस्पतालमा उपचार गराउँदा विशेष परार्मशसहित अस्पतालका विभिन्न सेवा तथा सुविधाहरूमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ । यसमा ग्राहकहरूले बैंकको एनएमबी भिजा डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी सेवा लिन सक्नेछन् । अस्पतालमा अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट अनुभवी डाक्टरहरूबाट उपचार सेवा तथा सुविधाहरू प्राप्त हुने मेडिसिटीले जनाएको छ ।
यो अस्पताल गैर आवासिय नेपाली संघका संस्थापक उपेन्द्र महतोको लगानीमा स्थापना भएको हो । अस्पतालमा ७५० शैय्या रहेको छ। अस्पतालले स्वदेशमै गुणस्तरीय उपचार सेवा प्रदान गर्ने बतार्इएको छ । अस्पतालले हेली एम्बुलेन्सको सेवा समेत शुरू गरेको छ ।
“








