भ्रष्टचार गर्दिन भन्दा मलाई किन यस्तो हजुर !

“
काठमाडौँ, माघ १२ । मन्त्रीले भनेझैं नगर्दा सचिवको हालत कस्तो हुँदोरहेछ ? यो त्यहीँ दृश्य हो जहाँ सचिवले मन्त्रीको कुरा नसुनिदिएपछि वरिष्ठबाट कनिष्ठतिर लखेटिइनुपरेको छ । पत्याउनुहुन्छ ? सचिवले भ्रष्ट्राचार गर्न नमान्दा रातारात फालिए यी सचिव ।
सबैलाई थाहै छ, पहिला पहिला हप्तामा दुई पटकसम्म क्याविनेट बैंठक बस्दथ्यो । अचेल हरेक दिन जसो क्याविनेट बैंठक बस्ने र चाहिँदा/नचाहिँदा निर्णयहरु हुन थालेका छन् । हिजैमात्र वाँदरमुढे घटनाका ३८ जनालाई शहीद घोषणा गरिएको छ भने दुई सचिवलाई सरुवा गरिएको छ ।
यो कथा तिनै व्यक्ति को हो । हिजो बसेको क्याविनेट बैठकले संष्कृति तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सरुवा गरि सबैभन्दा कनिष्ठ सचिवले सम्हाल्ने सार्वजानिक खरिद अनुगमनको कार्यलयमा पठाइएको छ ।
त्यहाँका सचिव कृष्ण देवकोटालाई पर्यटन मन्त्रालयमा तानिएको छ । राष्ट्रियसभाको निर्वाचन आचारसंहिता जारी हुनु पूर्व सचिवहरु सरुवा हुनुको मुख्य कारण हो त्यहाँका मन्त्री जितेन्द्र देवको आर्थिक चलखेलमा सचिव न्यौपाने बाधक बन्नु । मन्त्री बनेदेखि नै जितेन्द्रदेवले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक सन्जिव गौतमलाई हटाएर मन्त्रालयकै हवाई उड्डयन महाशाखा प्रमुख सहसचिव सुरेश आचार्यलाई नियुक्त गर्न चाहेका थिए ।
यस अगाडि नै महानिर्देशक गौतमले मन्त्रीले हाकाहाकी पैसा मागेको र पैसा दिन नमानेपछि हटाउन खोजेको दावी गरिसकेका छन् । तर सचिव न्यौपाने वाधक बनेका कारण मन्त्रीको इच्छा पूरा हुन नसकेको पर्यटन मन्त्रालयका कर्मचारीहरुले बताँउछन् । त्यस्तै मन्त्री देवले लुम्बिनी विकास कोषको सदस्य सचिवमा अजितमान तामाङसँग पेश्की समेत लिएको चर्चा मन्त्रालयमा चल्ने गरेको छ ।
मन्त्रीको स्वार्थ अनुकुल काम नगरेकै कारण त्यहाँबाट सचिव न्यौपानेलाई सबैभन्दा कनिष्ठ सचिब रहने स्थान सार्वजानिक खरिद अनुगमनको कार्यलयमा सरुवा गरिएको बताइन्छ ।
“








