सेक्स लफडाले लियो ज्यान ‘श्रीमतिद्वारा श्रीमानको हत्या’

“
माघ १२, काठमाडौं । बैदेशिक रोजगारीमा गएका गोदावरी नगरपालिका–८ डुकुछाप खोलाखेतका सानुभाई भर्खरै नेपाल आएका थिए । खाडीको ४० डिग्रीको गर्मीमा दिन विताउँदा शरीरमा उम्लिएको ‘यौनको आगो’लाई शान्त गर्न उनी बेलाबेला ब्लु फिल्म (यौन चलचित्र) हेर्दथे । दिन दुगुना रात चौगुना उनमा यौन चलचित्रको लत बस्यो । केहि समयपछि नेपाल आए ।
घरमा यौवनले धपक्क बलेकी श्रीमति मेनुकालाई एक्लै छाडेर विदेश बस्दा यौनलाई नियन्त्रण गर्न ब्लु फिल्मको सहारा लिएका उनले श्रीमतिलाई पनि त्यस्तै (फोरप्ले) गर्न भन्थे । श्रीमति मेनुका भने, ब्लु फिल्मको तलमा नरहेकोले श्रीमानले जे–जे भन्यो त्यहि गर्न असमर्थ भईन् । त्यसपछि केहि समयमै उनीहरुमा झगडा हुन थाल्यो । श्रीमतिले यौन सम्पर्कमा पर्याप्त साथ नदिएको भन्दै सानुभाइले परपुरुषसँग सल्किएको भन्दै आरोप लगाउन थाले । दिनदिनै उनीहरुविच झगडा हुन थाल्यो । र, अन्तमा फोर प्ले (यौनसम्पर्क गर्दा गरिने कृयाकलाप) कै कारण सानुभाइले अकालमा ज्यान गुमाउनु पर्यो ।
बिहिबार राती ललितपुरको फर्सिडोलमा बस्ने श्रीमान–श्रीमती सानुभाई/मेनुका रायमाझी बीच ‘यौन सम्पर्क’ कै विषयमा झगडामा श्रीमतीले श्रीमानको हत्या नै गरेकी छिन् । गोदावरी नगरपालिका–८ स्थित डुकुछाप खोलाखेत फर्सिडोल बस्ने मेनुकाले राती श्रीमान सानुभाईको हत्या गरेकी हुन् । महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले हत्यामा संलग्न भएको आशंकामा मेनुकालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा ‘यौन सम्पर्क’मा कुरा नमिल्दा घटना घटेको देखिएको बताए ।
महानगरिय प्रहरी स्रोतका अनुसार बिहीबार राती करिब ३ बजेतिर मेनुकाले घाँटीमा डोरीले कसेर श्रीमान सानुभाईको हत्या गरेकी थिइन् । प्रहरीले बिहान ५ बजे सुचना पाएसँगै मेनुकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सानुभाईको शव पोष्टमार्टमका लागी टिचिङ अस्पताल पठाइएको प्रहरी निरीक्षक शंकर चौधरीले बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्रली ठेल्ने काम गर्ने सानुभाई केहि समय अघि मात्र बैदेशिक रोजगारीमा खाडी मुलुक गएका थिए । उनी नेपाल आएलगत्तै आफ्ना निकट साथीभाईलाई श्रीमतिले यौन कार्यमा सहयोग नगरेको भन्दै गुनासो गर्ने गर्दथे । उनले आफ्ना केहि साथीभाईलाई श्रीमती अर्कैसँग लागेको समेत आशंका ब्यक्त गरेका थिए । स्रोतका अनुसार यौन सम्पर्कमा चासो नदेखाएको, निलो फिल्मको जस्तो ‘फोरप्ले’ नगरेको कारण बनाएर उनले दिनदिनै श्रीमतिलाई तनाब दिने गरेका थिए ।
बिहिबार राती पनि ‘मुख मैथुन’ र ‘गुदा मैथुन’ का विषयमा श्रीमान श्रीमति विच झगडा भएको थियो । त्यसपछि सानुभाई आफैंले डोरी ल्याएर घाँटीमा लगाएका थिए । श्रीमतिले सानुभाईलाई रोक्न खोज्दा डोरी तान्ने क्रममा उनको मृत्यु हुन पुगेको देखिएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।
पछिल्लो समय नेपाली समाजमा यौनका कारण विभिन्न अपराध बढ्दो क्रममा छ । श्रीमान श्रीमति विचपनि सेक्स कै विषयलाई लिएर सम्बन्धविच्छेद सम्मका घटना घट्ने गरेका छन् । प्रहरीका अनुसार अहिले सरदर दैनिक तीन देखी चार ओटा केस यौनका विषयमा आउने गरेका छन् ।
“








