धमाधम प्रदेशसभा अधिवेशन डाकिए, कुन प्रदेशको कहिले कहाँ ?

काठमाडौं, माघ १२ । संघीय संरचना अनुरुप देशमा पहिलो पटक निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान हुन थालेका छन् । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छन् ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र गठबन्धन सरकारसमेत बन्न नसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण फागुन ५ अगावै सातै प्रदेशमा मुख्य मन्त्री नियुक्त भइसक्ने छन् ।

प्रदेशसभाको अधिवेशन
प्रदेश नम्बर २ माघ २१ गते जिल्ला शैक्षिक तालिम केन्द्र, जनकपुर
प्रदेश नम्बर ३ माघ १८ क्षेत्रिय शैक्षिक तालिम केन्द्र, हेटौडा
प्रदेश नम्बर ७ माघ २१ जिल्ला समन्य समितिको सभाभवन, धनगढी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =