प्रोग्रेशिभ फाइनान्सको पहिलो एक्सटेन्सन काउन्टर गणेशमान सिंह अस्पतालमा

काठमाडौं, माघ ११ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको हाता भित्र पहिलो एक्सटेन्सन काउन्टर आरम्भ गरेको छ ।

ललितपुर महानगरस्थित वडा नं. १५ स्थित महालक्ष्मीमा रहेको सो अस्पताल परिसरमा ज्यापु समाज, यलका अध्यक्ष प्रेम महर्जनले ताम्रपत्र अनावरण गरि बिहिबार काउन्टरको उद्घाटन गरे । सो अवशरमा प्रोग्रेशिभ फाईनान्स लि.का अध्यक्ष मुकुन्दप्रसाद दाहाल समेत उपस्थित थिए ।

फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ तथा काभ्रको बनेपा न.पा पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ भने निकट भविष्यमा ललितपुरको पुलचोक तथा भक्तपुरको थिमिमा समेत एक्सटेन्सन काउन्टर संचालन गर्न तयारी गरिरहेको छ ।

कार्यक्रममा ललितपुर जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद श्री कृष्णलाल महर्जन, फाईनान्सका प्रमुख कार्यकारी अधिकृत श्री विशाल हुमागाँई, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक माधव दुलाल, उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जन लगायतको उपस्थित थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =