क्यान इन्फोटेक मेला शुरु

“
काठमाडौं, माघ ११ । सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण आजदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको आज सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे ।
क्यान इन्फोटेक नाम दिइएको मेलामा १ सय ५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने मेलामा करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।
यसैबिच मेलाको उद्घाटन गर्दै सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई/दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको जानकारी दिए ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन्।
“








