प्रदेश ७ र ३ को बैठक तय, अन्य प्रदेश अन्यौलमा

काठमाडौं, माघ ११ । प्रदेश न. ७ का प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक यही माघ २१ गते दिउँसो १ः० बजे आह्वान गरेका छन् । कैलाली जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले आज जानकारी दिए ।

सात नम्बर प्रदेश सभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना सांसद रहेका छन् ।

यस्तै, प्रदेश ३ को प्रदेशसभाको प्रथम अधिवेशन माघ १८ का लागि आह्वान गरिएको छ । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले बिहीबार एक सूचना जारी गर्दै माघ १८ का लागि प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरेकी हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश बैठक आह्वान गरेकी कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकी छन् ।

बैठक प्रदेशसभा स्थल तोकिएको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ ।

प्रदेश सांसद्ले शपथ ग्रहण गरेको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश ३ सहित सातवटै प्रदेशका सांसद्ले गत माघ ७ गते शपथ लिएका थिए । यसअनुसार माघ २७ भित्रमा सबै प्रदेशहरुले प्रदेशसभाको प्रथम अधिवेशन बोलाइसक्नुपर्नेछ ।

यद्यपि, संवैधानिक व्यवस्था यस्तो भए पनि केहीले अझै प्रथम अधिवेशनको मिति तय गरिसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =