मैले यो अवसर चिठ्ठामा पाएको होइन

काठमाडौँ, माघ ११ । ‘जो चोर उसैको ठूलो स्वर’ केही समय राप्रपामा बसेर बाहिरिएपछि एमालेबाट हाल राष्ट्रियसभा सदस्यमा उम्मेद्वारी बन्ने सौभाग्य पाइन्, कोमल वलीले । ‘मैले यो अवसर चिठ्ठामा पाएको होइन’ बाम गठबन्धनबाट राष्ट्रिय सभाका लागि उम्मेद्वार बनेपछि एकाएक आलोचित बनेकी गायिका कोमल वलीले यसरी जवाफ फर्काएकी छिन् ।

नेकपा एमाले र वाम गठवन्धनले संयुक्त रुपमा रष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएसँगै उनले आफ्नो काँधमा जिम्मेवारी थपिएको बताइन् । ‘पार्टीले मलाई इज्जत दिएको छ, अब नेता तथा कार्यकर्ता, जनता र देशलाई त्यो भन्दा बढी इज्जत र सम्मान गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यो चुनौती स्वीकार गर्छु र त्यसका लागि योग्य ठान्ने सबै श्रद्धेय नेतागणहरु तथा समस्त पार्टी पंक्तिलाई नमन गर्न चाहन्छु ।’ उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन् ।

जनताले आफूलाई विभिन्न कोणले हेर्दै गर्दा उनले यो त एउटा जिम्मेवार राजनीतिक दलले एक देशभक्त नागरिकलाई देशको लागि केही गर भनेर दिएको यो एउटा जिम्मेवारी भएको बताएकी छिन् । ‘मलाई राम्रोसंग जानकारी छ, कलाक्षेत्रबाट राजनीतिमा सक्रिय हुन खोज्ने म दुनियाँको पहिलो वा अन्तिम पात्र होइन । ८० को दशकमा अमेरिकी राष्ट्रपतिको रुपमा दुनियाँमा आफ्नो प्रभाव जमाउने रोनाल्ड रेगनको पृष्ठभूमी राजनीति थिएन । लामो समय रेडियोमा काम गरेका उनले हलिउडको फिल्मी क्षेत्रमा समेत आफ्नो विशिष्ट स्थान बनाएका थिए । उनी रेडियकर्मी थिए, एउटा कलाकार थिए । त्यही कारणले उनको दल र त्यहाँका जनताले राजनीतिक रुपमा अयोग्य भनेनन् । बरु, उनको क्षमतालाई राष्ट्रका लागि प्रयोग गर्ने बाटो रोजे ।’

नेता बन्नका लागि त्यहीँ फिल्डमा रहनु नपर्ने समेत औँल्याउँदै विश्वमा कलाक्षेत्रबाट राजनीतिमा होमिएका कलाकारहरुको पनि उदाहरण दिएकी छिन् उनले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =