कैलालीको गौरीगंगा नगरपालिकामा एमाले विजयी

२०७४ जेठ १५ गते

“
विष्णु जोशी, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेका भीमबहादुर देउवा ले ५८९१ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कडेलले ५८३० मत ल्याउनुभएको थियो । जम्मा ६१ मतको अन्तरले एमालले जित हात पारेको हो ।
कांग्रेसका दिनेश जोशीले ५२९२ मत ल्याउनु भएको थियो । उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी अञ्चला चौधरीले ६१६३ मत ल्याएर विजयी भइन । उहाकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी करुणा चौधरीले ५३७३ मत ल्याउनुभएको.थियो । कांग्रेसकी मेनका जोशीले भने ५३४९ मत ल्याउनु भयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित