ट्रकको ठक्करबाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

भक्तपुर, माघ ११ । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा६८प ४४७१ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना६ख ५९१९ नम्बरको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ३९ बर्षीय प्रकाश मानन्धरको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते मानन्धरलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्युभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =