पाँच वर्षे बालकको आन्द्रामा क्यान्सर, पीडित आमाबाबुद्धारा सहयोगको अपिल

धनगढी, माघ १० । कैलालीकोे अति दुर्गम गाउँपालिका मोहन्याल वडा नम्मर ७ कुईने बस्ने माझी दम्पती बिरेन्द्र माझी र दिपिका माझीको परिवारमा पहिलो बच्चा छोरा भए पछि गाउँ घरमा खुसियालि छाएको थियोे ।

सामान्य परिवारमा जन्म भए पनि गाउँ घरमा राम्रो नाम राख्न सफल र मिहिनेती जोडि को त्यो दिन २०७४ साल भदौ २३ गते मा एकासि बज्रपात आईपर्यो । परिवारमा छमछमि हास्दै खेल्दै गर्ने बर्ष ५ को छोरालाई आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो । उनिहरुले ऋण धन गरी कहिले धनगढी त कहिले कोहलपुर ,नेपालगन्जसम्मका हस्पिटलसम्म उपचार गराए ।

आखिर बच्चाको स्वास्थ्यमा फरक नआउदा राजधानी हानिए । राजधानीको कान्ति बाल अस्पतालमा उपचार गराउँदा बच्चाको स्वास्थ्यमा केही परिवर्तन त आयो तर डाक्टर को सल्लाह अनुसार करिब ३ बर्ष सम्म बच्चालाई डाक्टरको निगरानिमा राख्नु पर्ने भयो ।

आर्थिक अवस्था कमजोर भएका बिरेन्द्रले छोराको उपचारमा खर्च र आफु पनि काठमाडौं जस्तो ठाउँमा खान बस्न एकदमै अप्ठारो भएको बताए । उनले छोरा बचाई दिन सबैसँग सहयोगको अपिल गरेका छन् । ‘अवोध बालकको जीवनदानका लागि सहयोग गरिदिनुहोस्’ माझीले अनुरोध गरे ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =