पराजित उम्मेदवार शाहले मतदातालार्इ दिए धन्यवाद

असार २०, बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार  दिपकजंग शाहले मतदान प्रक्रियामा समावेश हुनुहुने सबै मतदातालाई धन्यवाद दिनु भएको छ । उँहा माओवादी केन्द्रका उम्मेदवारसँग पराजित हुनु भएको हो । नेपाली कांग्रेस बर्दिया क्षेत्र नं ४ का सभापति समेत रहनु भएका शाहले छोटो समयमा नै अपार सद्भाव, सहयोग, शुभेच्छा व्यक्त गरेका तथा मत दिएका  सबै नागरिकहरुप्रति हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको हो ।

उनले राजापुर नगरपालिकाका मतदाताहरुको साथ, सद्भाव तथा सहयोग निरन्तर रहने अपेक्षा राख्दै व्यक्तिगत रुपमा आफु तथा सामूहिक रुपमा पार्टीले यस क्षेत्रलार्इ प्राथमिकतामा राख्ने बाचा गर्नुभयो । उनले स्थानिय चुनावमा पराजित रहेपनि क्षेत्रिय सभापतिको रूपमा ठूलो जित हासिल गरेको बताउनु भयो ।

उहाले भन्नुभयो, ‘म पराजय भए पनि मेरो पाटी जहिले जिति रहोस।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *