आहा राराको गोल्डकपको क्वाटर फाइनलमा धरान फुटबल क्लब

पोखरा, माघ १० । १६ औं आहा रारा गोल्डकपको अन्र्तरगत भएको दोस्रो प्रिक्वार्टर फाइनल खेलमा धरान एफसी क्लवले ३–० गोल अन्तरले युनाइटेड सिक्कीम एफसी भारतलाई हराएको छ।

बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि–क्वाटरफाइृनल खेलमा धरान फुटबल क्लवले सिक्किम युनाईटेडलाई ३–० को गोल अन्तरले पराजितगरी क्वाटर फाइनलमा प्रबेश गरेको हो ।

धरानको जितमा रमल लिम्बु, सजन राई र धिरेन लिम्बुले एकरएक गोलको योगदान दिए । खेलको ६१ औं मिनेटमा धरानका डिफेन्स खेलाडी रमन लिम्बुले पहिलो गोल गरे । निसान लिम्बुको कर्नर वललाई रमनले उत्कृष्ट गोल गरेका हुन । खेलको ६३ औं मिनेटमा सजन राईले गोल गरे । पेनाल्टी एरिया नजिक रहेको बललाई निसान लिम्बुले गोल गर्न चुकेको बललाई सजनले गोल गरी जित सुनिश्चित गरेका हुन । खेलको ७४ औं मिनेटमा निसान लिम्बुले दिएको पास बललाई धिरेन लिम्बुले हेड गोल गरे ।

खेलमा धरानका निसान लिम्बु म्यान अफ दी म्याच घोषित भए । सिक्किमका दिपेश मगरले खेलको ३५ औं मिनेटमा खाली पोष्टमा बललाई दिशा दिदा विपक्षि खेलाडी सरोज राईले गोललाईन नजिकैबाट उत्कृष्ट बचाउ गरे । पहिलो हापमा गोल गर्ने केहि अवसर खेर गए पनि दोश्रो हापमा भने सिक्किमले राम्रो खेल प्रदर्शन गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =