सुदूरपश्चिममा महिला गोल्ड कप हुने

धनगढी, माघ १० । सुदुरपश्चिम खप्तड गोल्ड कप आयोजना गर्दै आएको सुुदुरपश्चिम ११ स्पोर्टस क्लवले धनगढीमा पहिलो पटक सुदुरपश्चिम महिला गोल्ड कपको आयोजना गर्ने भएको छ ।

दुई विदेशी सहित ८ टिमको सहभागिता हुने प्रतियोगिताको विजेतालाई ५ लाख तथा उपविजेतालाई २ लाख ५० हजार रुपैया पुरुस्कार प्रदान गरिने क्लवका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।

एन्फाले प्रतियोगिताको मिति नतोकेका कारण उक्त प्रतियोगिता कहिलेदेखि कहिलेसम्म हुने भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

एक लाख ६५ हजार घाटा

माघ १ गते सम्पन्न दोस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्ड कपमा आयोजकलाई साढे एक लाख रुपैया भन्दा बढी घाटा भएको छ ।

आयोजक सुदुररपश्चिम ११ स्पोर्टस क्लवले एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको जनाएको छ ।

क्लवका महासचिव प्रकाश शाहीले प्रतियोगिता सञ्चालनका लागि ८९ लाख ८१ ह्जार ४ सय रुपैया आम्दानी भएकोमा ९१ लाख ४६ हजार ९ सय १६ रुपैया खर्च भई एक लाख ६५ हजार ५ सय १६ रुपैया घाटा भएको बताए ।

आयोजकले सार्वजनिक गरेको आयव्ययमा प्रतियोगिता सञ्चालनका लागि सवैभन्दा बढी रकम मुख्य प्रायोजक नेपाल आईसले २० लाख रुपैया दिएको छ भन सवैभन्दा बढी खर्च ३३ लाख रुपैया टिम, खेलाडी तथा अफिसियलमा भएको जनाइएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस क्लवको आयोजना पौष २१ देखि माघ १ गतेसम्म सञ्चालन भएको खप्तड गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको थियो भने सशस्त्र प्रहरी उपविजेता भएको थियो ।

विजेतालाई ११ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५ रुपैया पुरुस्कार प्रदान गरिएको थियो । आयोजकले पुरुस्कारमा मात्रै २२ लाख ६६ रुपैयामा खर्च भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =