गुप्तांगको ‘रौं’ बारे रोचक तथ्य

यौवनावस्थामा प्रवेशगरेसँगै गोप्य अङ्गमा रौं पलाउन थाल्दछ । कतिपयलाई यो मन पर्छ त कतिलाई मन नपर्न सक्छ । आधुनिक महिलाहरू धेरैले गोप्य अङ्गमा सेभ गरेर सफाचट बनाउने गरेको पाइन्छ ।

यस्तो रौ कहिल्यै पनि चर्चाको विषय बन्दैन । यही भएर होला यसका विषयमा धेरै भ्रमहरू हामीमाझ विद्यमान छन् । गुप्तांगको रौंका विषयमा मानिसहरूमा रहेका भ्रम र तीनको यथार्थ के हो त !

भ्रमः गुप्तांगको रौंले गर्दा सेक्सको पुरा मज्जा आउँदैन,

यथार्थः यो अनुभव व्यक्तिपिच्छे फरक फरक हुन सक्छ । केही व्यक्तिहरूलाई गुप्तांगको रौंले सेक्समा झनै मज्जा थपिदिन्छ । केही महिलाहरू चाहिँ रौं मन पराउँदैनन् ।

भ्रम : गुप्तांगको रौंले यौनजन्य रोगहरूबाट बचाउँछ,

यथार्थः यो सत्य होइन । यसको ठिक विपरीत गुप्तांगको रौंले ब्याक्टेरिया पैदा हुने खतरा हुन्छ । यसमा जीवाणु र ब्याक्टेरिया हुन्छ जसले यौनसम्बन्धी समस्याहरू उत्पन्न गर्न सक्छ । धेरै मानिसहरू भन्ने गर्छन् कि यस्तो रौंले सिक्न टु सिक्न सम्पर्क गर्दा हुन सक्ने इन्फेक्सनबाट बचाउँछ ।

तर, यस्तो विल्कुल होइन । यसले भाइरसतलाई अझै बढाउन सक्छ । एउटा अध्ययनअनुसार पुरुषहरूको गुप्तांगको रौंबाट उसको महिला साथीलाई एचपीबीसँग जोडिएका समस्याहरू हुन सक्छन् ।

भ्रमः गुप्तांगको रौं हटाउने सबैभन्दा राम्रो तरिका खौरिनु हो,

यथार्थः वाक्स गराउने वा खौरने, यो आफूमा निर्भर गर्छ । तर, एउटा कुरा ध्यानमा राखौँ, गुप्तांगको रौं हटाउँदा त्यो ठाउँमा कतै छाला नकाटियोस् ।

भ्रमः गुप्तांगको रौं बढ्न थालेपछि रोकिदैन,

यथार्थः गुप्तांगको रौं एउटा समयपछि बढ्न रोकिन्छ । जब रौंको वृद्धि पूरा हुन्छ, यो बढ्न रोकिन्छ र झर्न थाल्छ । झरेको ठाउँमा नयाँ रौं पलाउँछ ।
यदि रौं हटाउनका लागि रेजरको प्रयोग गरिन्छ भने एउटा रेजर २(३ पटकभन्दा बढि प्रयोग गर्नु हुँदैन । राम्रो क्वालिटीको रेजर प्रयोग गरौँ । हेयर रिमुभिङ क्रिम प्रयोग गर्नुभन्दा अगाडि यो कुरा जाँचौं कि कतै त्यो क्रिमको कुनै एलर्जी त छैन रु बक्समा लेखिएका इन्स्ट्रक्सन पढौँ । सैलुनमा गएर बिकिनी वाक्स पनि गराउन सकिन्छ । घरमा विकिनी वाक्स ट्राइ गरौँ।

कपालको रौं र गुप्तांगको रौं एउटै रङ्गका हुन्छन्,

यथार्थः यो बिल्कुल साँचो होइन । शिरको कपालको रङ्ग जस्तो छ गुप्तांगको रौं पनि त्यस्तै हुनुपर्छ भन्ने केही छैन । कुनै पनि रौंको रङ्गको सिधा सम्बन्ध मेलनिनसँग हुन्छ । गुप्तांगको रौं यसकारण गाढा हुन्छ कि यसमा मेलनिन अत्यधिक पाइन्छ ।

भ्रमः छाला कोमल छ भने खौरिनु हुँदैन,

यथार्थः छाला संवेदनशील छ भने सेविङ गर्दा रेजरलाई छालामा धेरै जोडले रगड्नु हुँदैन । सेभिङ क्रिम बिना नै सेभिङ गरियो भने छाला काटिन सक्छ । योभन्दा राम्रो वाक्सिङ वा हेयर रिमुभल क्रिमको प्रयोग गरौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =