धनगढीबाट हिँडेका अछामका एक युवा १० दिनदेखि बेखबर
२०७४ जेठ १५ गते

“
धनगढी, माघ १० । धनगढीबाट अछाम हिँडेका अछामका एक युवा १०दिनदेखि बेखबर छन् । भारतबाट रोजगारी गरेर घर फर्किंदै गरेका अछामको पन्चदेवल बिनायक नगरपालिका २ का ३४ वर्षीय कलम चलाउने पुस ३० गते बिहानदेखि बेखबर भएका उनका आफन्तले जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय बिनायकका प्रहरी इन्चार्ज तथा प्रहरी नायव निरिक्षक प्रेमसिंह ऐरले चलाउने बेपत्ता भएबारे खोजीका लागि पौष ७ गते आईतबार निवेदन परेको र प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिनुभएको छ । २ वर्ष भारतमा रोजगारी गरेर फर्किएका चलाउनेले पुस ३० गते बिहान आफू धनगढीबाट हिँडेको भनेर घरमा फोन गरेपछि सम्पर्कबिहीन भएको उहाँका भतिजा डम्बर चलाउनेले जानकारी दिनुभएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








