धरौटीमा छुटेका चेलीबेटी बेच्ने वडाअध्यक्ष प्रहरी हिरासतमै

काठमाडौं, माघ ९ । मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट धरौटीमा छुट्ने आदेश पाएका नुवाकोटको दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्ष सुनबहादुर तामाङलाई हिरासतमै राखिएको छ ।

पछिल्लो मुद्दामा अदालतले ८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीविरुद्ध जीउ मास्नेबेच्ने अभियोगको अर्को मुद्दा पनि रहेकाले हिरासतमै राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले जनाएको छ ।

उनी विरुद्धको पुरानो मुद्दा जिल्ला अदालतमा पठाइएको सिआइबीले जनाएको छ । मानव बेचबिखनको आरोपमा जिल्ला अदालत नुवाकोटमा मुद्दा चलिरहेका बेला तामाङ गएको वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेपाली चेली भारत पुर्याएर बेच्ने गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनकै कार्यकक्ष घ्याम्फेदीबाट गएको पुस ५ गते पक्राउ गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =