भारतमा सडक दुर्घटना

नयाँदिल्ली, १९ असार । भारतीय राज्य महाराष्ट्रमा सोमबार भएको सडक दुर्घटनामा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

महाराष्ट्रको पुणे सहरबाट ४० किलोमिटर परको पुणे अहमदाबाद सडकमा आइतबार अबेर राति एक यात्रुबाहक बस र पानीको टयाङ्कर एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको जनाइएको छ ।

यस दुर्घटनामा परी सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई नजिकैको अस्पताल बाङहोलीमा उपचारको लागि भर्ना गरिएको जनाइएको छ ।घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको जनाइएको छ । यस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिहरुको शव उनीहरुका आफन्तलाई बुझाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा विश्वका अरु देशको तुलनामा सडक दुर्घटना बढी हुने गरेको छ । चालकको लापरबाही र सडकको नाजुक अवस्थाका कारण यस प्रकार दुर्घटना हुने गरेको बताइन्छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *