धनगढीमा मतगणना सुचारु

असार १९, धनगढी – आइतबारदेखि स्थगित भएको धनगढी उपमहानगरपालिकाको वडा नं २, ३ र १७ को मतगणना सर्वदलीय बैठकको निर्णयपश्चात सुचारु भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदान अधिकृतहरुलाई उपलब्ध गराइएका सिलका नम्बरहरु तथा मतदान केन्द्रमा मतपेटिकाम सिल लगाउँदा उम्मेद्वार र उम्मेद्वारका मतदान प्रतिनिधिहरुलाई उपलब्ध गराइएको सिल नंम्बरहरु मिलेमा उम्मेद्वार वा प्रतिनिधिको रोहवरमा मतपेटिका खोली मतगणना गर्ने निर्णय भएपश्चात मतगणना सुचारु भएको हो ।

मतदान सकिएपछि बनाइने मुचुल्का मुख्य निर्वाचन अधिकृतले नदेखाएपछि नेकपा एमाले, माओवादी र स्वतन्त्रका उम्मेदवारको बिरोधका कारण मतगणना स्थगित भएको थियो । मतपेटिका खोलिएका मतपत्र गणना सकिएपछि आइतबार साँझदेखि मतगणना पूर्ण बन्द भएका थिए। वान न। १, वानं १०, वानं १८ को मतगणना सकिएको छ।

अहिलेसम्म ३७६१ मतका साथ नेपाली कांग्रेसका नृप वडले अग्रता लिएका छन्। स्वतन्त्रका उम्मेदवार गोपाल हमालले ३२९७ मत ल्याएर पछ्याइरहेका छन। नेकपा एमालेका दुर्गा जोशीले ३ हजार ४३ र माओवादी केन्द्रका रामसमझ रानाले १८१४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *