झापाको धुलाबारी र काकरभिट्टामा एन आई सी एशिया बैंकको नयाँ शाखाहरु

माघ ८, झापा । बैकिङ क्षेत्रमा विस्वासिलाे ब्राण्ड बन्दै अाएकाे  एन आई सी एशिया बैंकको  दुर्इ  नयाँ शाखाहरु सञ्चालनमा अाएका छन् । मेचि नगरपालिका वडा नं. १० र झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ६, झापा स्थित धुलाबारीमा आजबाट शाखा शुरू भएका हुन् । उक्त दुर्इ शाखाहरूकाे उद्घाटन मेची नगरमालिकाका मेयर विमल अाचार्यले  एक समारोहका बिच गरेका थिए ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =