विशाल राई र रुविना क्षेत्री उत्कृष्ट खेलाडी
२०७४ जेठ १५ गते

“
झापा, माघ ८ । राष्ट्रिय फुटबल टिमका मिड फिल्डर विशाल राई र राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री झापा स्पोर्टस अवार्ड २०७४ मा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च झापाले आयोजना गरेको अवार्ड कार्यक्रममा उनीहरुले उत्कृष्ट खेलाडी घोषित भएसँगै १५ हजार रुपैयाँ पुरस्कार समेत हात पारेका छन् ।
युवा वर्ष खेलाडीको पुरस्कार डिफेन्डर देवेन्द्र तामाङ र पिपुल च्वाइजतर्फ उत्कृष्ट टीम झापा ११ घोषित भएको छ । पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








