मेलमिलाप केन्द्रमा स्थानीयद्धारा तालाबन्दी

नवलपरासी, माघ ८ । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न. ६ गुठी परसौनीमा रहेको सामुदायिक मेलमिलाप केन्द्रको कार्यालयमा स्थानीयबासीले तालाबन्दी गरेका छन् ।

केन्द्रका संयोजक महासय कोइरीले एकलौटी रुपमा कार्यालय संचालन गरेको तथा हैकमबादी व्यवहार गरेको, आफिसको दराज घर राखेको लगायतका आरोपका साथ सामुदायिक मेलमिलापका संयोजक परिवर्तन गरिनुपर्ने माग राख्दै तालाबन्दी गरिएको स्थानीय युवराज मौर्याले बताए । केही समय अगाडि कोइरी लाई कुल २७ सदस्य मध्ये २१ जनाको निर्णय अनुसार संयोजक परिवर्तन गर्ने लिखित सम्झौता समेत भएको बुझिएको छ ।

तालाबन्दी मेलमिलाप केन्द्रका सदस्य लक्ष्मी प्रसाद हरिजनको नेतृत्वको समुहले गरेको बताइएको छ । सामुदायिक मेलमिलाप केन्द्रको सयोजक परिवर्तन गरिनुपर्ने भनी माग राख्दै लक्ष्मीप्रसाद हरिजन र राम गोबिन्द कोईरीको हस्ताक्षर रहेको ज्ञापन पत्र प्रतापपुर गाउपालिकाको उपप्रमुख मन्जु चौधरीलाई बुझाएका छन् ।

उता संयोजक महासय कोइरीले आफुलाई छिमेकीको दवाबमा राजनितीक प्रतिसोधमा झुठो आरोप लगाइएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =