यस्तो छ आजको तपाईंको राशीफल

“उत्तरायण शरद ऋतु माघ शुक्ल पक्ष पंचमी(श्री पंचमी) सरस्वती पुजाको दिन सोमवार र माघ ८ गते २०७४, January 22, 2018 चन्द्रमा मीन राशिमा
पूर्वभाद्रपदा नक्षत्र
#विशेष–आजको दिनमा ॐ सरस्वत्यै नमः मंत्रले 11 माला जप्दा विद्या क्षेत्रमा लाभ हुनेछ। पुस्तक पुज्दा नि यही मंत्रले पुज्नुहोला।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले लो अ)
आजको दिनमा हजुरलाई मानसिक रुपमा तनाव हूने तथा आफ्नो आत्मसम्मानलाई ठेस पुग्नेछ। आजको दिनमा हजुरको आफन्त नै हजुरको विरोधी हुने तथा काममा झ्याऊ झमेला हुनेपनि देखिएको छ। आजको दिनमा जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः ।मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा हजुरलाई एक्कासी धन तथा जमीन लाभ हुने योग देखिएको छ साथै आजको दिनमा आफन्तसंग भेटघाट एवं खुशी लाग्ने समाचार सुन्नुहुन्छ। आजको दिनमा हजुरलाई उच्च स्तरीय सम्मान पाउने तथा साथी भाईहरुबाट सहयोग पाउने योग बनेको छ। आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः ।वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4,
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा स्वास्थ्य राम्रो भएपनि आटेको काममा हजुरलाई विघ्नबाधा आउनेछ तथा आफन्तले नै कुरा काट्ने छन्। आजको दिनमा व्यापार एवं व्यवसायमा मन्दी आउनेछ तथा मनमा अशान्ति छाउनेछ। आजको दिनमा ॐ घृणि सूर्याय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8,
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा हजुरलाई एक्कासी रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने योग देखिएको छ साथै चोटपटक लाग्ने संकेत हुनाले गाड़ी चलाउँदा एवं सडकमा हिड्दा ख्याल राख्नुहोला। आजको दिनमा कुनै काममा बोल्नुभन्दा अगाडी सोचेर मात्र बोल्नुहोला नत्र काम बिग्रने छ। आजको दिनमा ॐ मंत्र 108 चोटि जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7,
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा सरकारी स्तरको काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्ने देखिएको छ तथा आजको दिनमा व्यापार व्यवसायमा घाटा तथा यात्रामा कष्ट मिल्ने योग हुनाले टाढाको यात्रा नगर्नुहोला। आजको दिनमा हजुरको आत्मसम्मानलाई ठेस लाग्ने कुरा हुनेछ। बिहानको स्नानपछि ॐ हनुमते नमः । सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4,
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा धनसम्पत्ति आउने तथा मानसिक शान्ति मिल्ने योग परेको छ। आजको दिनमा पारिवारिक सहयोग मिल्नेछ र नयाँ ठाऊको भ्रमण हुने योग पनि देखिएको छ। आजको दिनमा राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ। ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा धनलाभ तथा स्वास्थ्य राम्रो हुनेछ। आज हजुरको यश किर्ति तथा हजुरको घरमा चहल पहल हुनेछ आजको दिनमा हजुरको पढाईमा मन नजाने तथा आफन्तको सहयोगले असम्भव कार्य पुरा हुनेछ। आजको दिनमा ॐ नमः शिवाय मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,
………………………..
#वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरले गरेको काममा असफलता मिल्ने तथा मनमा अशान्ति छाउने छ। आजको दिनमा यात्रामा कष्ट तथा शोक पर्ने खबर सुन्न पर्नेछ र वायुरोग पनि लाग्नेछ। ॐ अं अंगारकाय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18,
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा आफन्तसंग मनमुटाव हुने तथा मन चंचल हुनेछ। आजको दिनमा काममा बाधा तथा पेट र कम्मर रोग लाग्ने योग परेको छ। आजको दिनमा खानामा गडबड़ी हुने तथा शोक पर्ने खबर सुन्न पर्छ। आजको दिनमा ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार ,राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12,
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा आरोग्यता प्रसन्नता तथा सबै प्रकारको काममा सफलता मिल्नेछ। आजको दिनमा हजुरको आर्थिक पक्ष मजबूत हुने तथा धार्मिक एवं सामाजिक काममा ध्यान जानेछ। यदि कुनै नयाँ कामको शुरुवात गर्ने सोचमा हुनुहुन्छ भने आजको दिनमा गर्दा हुन्छ। आजको दिनमा ॐ हनुमते नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4,
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरलाई मानसिक तनाव तथा आँखामा कष्ट हुने देखिएको छ साथै आजको दिनमा पढाईमा मन नजाने प्रेममा धोखा हुने योग पनि देखिएको छ। आजको दिनमा हजुरले गरेको काममा जस पाउनुहुनेछैन। आजको दिनमा ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो तथा आदर सत्कार पाउने योग बनेको छ। आजको दिनमा पारिवारिक सहयोग पाईने तथा प्रेम प्रसंग सुमधुर हुनेछ। आजको दिनमा शिक्षा क्षेत्रमा सफलता पाउने योग बनेको छ। यदि हजुरले नयाँ कामको शुरुवात गर्ने सोच राख्नुभएको छ भने आज गर्दा राम्रो हुनेछ। आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक
भाग्य अंक: 3, 7, 12,
…………………
लेखक- ज्योतिषी कृष्ण रेग्मी (मधु)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =