प्रेस सेन्टर सल्यानको अध्यक्षमा भण्डारी निर्वाचित

माघ ०७, सल्यान । प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानको अध्यक्षमा टिकाराम भण्डारी ‘दिपसागर’ सर्वसम्मत निर्वाचित भएका छन् ।

 

सल्यानको श्रीनगरमा भएको भेलाले २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बलि, उपाध्यक्षमा हिमाल शर्मा,समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिवमा महेश कुमार बलि ‘समीर श्री’, सहसचिवमा प्रकाश शर्मा, समावेशी सह सचिवमा नोखिराम थापा र कोषाध्यक्षमा बल बहादुर बलि निर्वाचित भएका छन्।

साथै सदस्यहरूमा कृष्ण बस्नेत, शिखर के.सी, डम्बर बहादुर शाही, महेश बलि, मनोज देवकोटा, रामसिङ्ग डी.सी, कविराज खड्का, मित्रलाल सुनार, नवीन बिक, पुष्कर बिक र क्षेत्र बहादुर चन्द रहेका छन् । भेलाले पछि दुई जना सदस्य थप्ने छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नेब बहादुर कवर ’विवेक’, जिल्ला संयोजक निम बहादुर केसी ‘अरुण’, जिल्ला सम्मेलन आयोजक समिति सदस्य मान बहादुर मल्ल, प्रेस सेन्टर नेपाल सल्यानका फ्याक्सन इन्चार्ज भीम कुमाखी, माओवादी केन्द्र बागचौर नगर कमिटी संयोजक जनक घर्ती लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यस अघि नै जिल्ला पार्टीले सङ्गठनको साधारण सदस्यता नरहने गरी निष्कासन सहितको कारबाही गरिसकेका सङ्गठनका अध्यक्ष दीपक शर्मालाई भेलाले अनुमोदन गरेको छ ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बलिको अध्यक्षतामा भएको बिस्तारित भेलाले सल्यान जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिका स्तरीय उपसमितिहरू निर्माण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =