प्रसूतिगृहको चमेनागृहमा आगलागी हुँदा भागदौँड
२०७४ जेठ १५ गते

“
काठमाडौँ, माघ ७ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।
अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको बताउनुभयो । अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगलागी भएको हो ।
“आगलागीबाट अरु कुनै भौतिक क्षति भएको छैन, हामीले दमकल पनि बोलाएका थियौँ तर दमकल आउनुपूर्व नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका कारण कुनै क्षति हुन भने पाएन”, उनले भने । आगलागीको हल्लाले केहीबेर अस्पतालमा भागदौड भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








