दाङमा आमहड्ताल र बन्द फिर्ता, जनजिवन सामान्य बन्दै

दाङ, माघ ७ । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द गएरातिदेखि फिर्ता भएको छ ।

संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिँदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् । जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् ।

बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो ।

अब कालोझन्डा प्रदर्शन, डेलिगेसन, बिरोधसभा, रिले अनशन, धर्ना, कानुनी उपचार जस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =