भोजपुरमा काँग्रेस र एमाले चार चार तहमा विजयी

भोजपुर, १९ असार । जिल्लाको कुल नौवटा स्थानीय तह मध्ये नेपाली काँग्रेस र नेकपा एमालेले चार चार वटा स्थानीय तह तथा नेकपा (माओवादी केन्द्र) एउटा तहमा विजयी भएको छ । काँग्रेस दुई नगरपालिका र दुई गाउँपालिकामा, एमाले चारवटा गाउँपालिका तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएको छ । काँग्रेस षडानन्द र भोजपुर नगरपालिका तथा अरुण र साल्पासिलिछो गाउँपालिकामा विजयी भयो भने एमाले ट्याम्केमयुङ, हतुवागढी, पौवाजुम्बा र रामप्रसाद राई गाउँपालिकामा विजयी भएको छ । माओवादी केन्द्र आमचोक गाउँपालिकामा विजयी भएको छ ।

षडानन्दको प्रमुखमा काँग्रेस विजयी

षडानन्द नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ । नगर प्रमुखमा वीरबल राई चार हजार ९८६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकठतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र उदासले चार हजार ६९४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी मेरिका राई चार हजार ६९७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता श्रेष्ठले चार हजार ४१३ मत प्राप्त गर्नुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *