प्रदेश राजधानी माग्दै प्रधानमन्त्रीको पुत्ला दहन
२०७४ जेठ १५ गते

“कपिलबस्तु, माघ ६ । प्रदेश–५ को राजधानी कपिलवस्तुमा बनाउन माग गर्दै आएका प्रदर्शनकारीले आज प्रधानमन्त्रीको पुत्ला जलाएका छन् ।
कपिलवस्तु युवा संघर्ष समितिले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुमा प्रदेशको राजधानी तोक्नुपर्ने माग राखी प्रदर्शन गरेर सदरमुकाम तौलिहवामा प्रधानमन्त्री देउवाको पुत्ला जलाइएको हो । बन्द तथा चक्काजामलेमात्र मागको सुनुवाइ नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेको संघर्ष समितिका संयोजक रउफ अहमद खाँले बताए ।
आन्दोलन निरन्तर रहने र प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्रसमेत बुझाइने समितिका सचिव बृजेश भटराइले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








