४ नम्वर प्रदेशका प्रमुख कुँवरलाइ पोखरामा स्वागत
२०७४ जेठ १५ गते

“पोखरा, माघ ६ । प्रदेश नम्बर ४ का प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न बाबुराम कुँवर पोखरा आईपुगेका छन् । प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा आइपुगेका हुन् ।
सरकारले गएको बुधबार उनलाई प्रदेश प्रमुखको जिम्मेवारीसहित पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी तोकेको थियो ।
प्रदेशसभा सदस्यको आइतबार बिहान शपथ गराउने तयारी छ । प्रमुख कुँवरले आइतबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा पदभार ग्रहण गर्ने छन् । त्यस लगत्तै प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








