कविता- वेक्कारमा

” 

 

 

 

 

 

 

मीत बाउलाई चिना देखाउदा
मन्त्री हुन्छस छोरा भन्थे

जिम्वल काकाको बगैचाको
अंबा चोर्दा
फलफूल पसले हुन्छस भन्थे ।

आमाको थैलीबाट
बटारिएको नोट सुटुक्क झिक्दा
नम्बरवान्को पकेटमार बन्छस भन्थीन्

न मन्त्री बनियो,
न फल फूल पसले भैयो
न पाकेट्मार नै भैयो

कप्तान बाजेलाई
गोरु नार्न सघांउदा
हली पो बन्छस कि क्याहो भनेर हकार्थे

स्कुल नगै-नगैकन
ठाडो खोल्सामा पौडी खेल्दा
पौडीबाज बन्ने भै’चस छोरा भनेर बाउले छरी लगाउथे

(न पाकेट्मार, हली न पौडीबाजनै भैयो)

आज्कलत पण्डित पनि भन्छन कसै कसैले
तर आफ्नै चीना हेर्न सकिरहेको छैन मैले

आज्कलत कागको फुल चोर्ने
कोइली पनि भन्छन कसै कसैले
तर कसैको ओथाराको फुल देख्या छैन मैले !

(बरु, यी माथिका एउटा न एउटा बनेको भए सवैले चिन्थे होलान)

वेक्कारमा कविमा पनि बेस्कन लुते कवि बनिएछ l

यी आज खै: न कसैले चिन्छन्
न कसैले विशेष कार्यक्रममानै बोलाउछन !

शुभ पल धन्यवाद”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =