माल पाईकन चाल नपाइएको क्षेत्र : कृषि 

उद्योगधन्दा कलकारखाना आर्थिक समृद्धि ढोका खोल्ने चाबी मानिन्छ । तर उद्योगधन्दा सञ्चालन गर्नु त्यति सजिलो छैन । पूँजी, प्रबिधि, ज्ञान, उद्यमशीलता बिना उद्योगधन्दा असंभब कुरा हो । सामान्यता मझौला खालको सिमेन्ट वा कपडा कारखाना निर्माण गर्न एक डेड अर्व रुपैयाँ आबश्यक पर्छ । स्थापना गर्न ३/४ बर्षको समयाबधि दरोकार पर्छ । लगानी उठाउन १५/२० बर्ष कुर्नै पर्छ । मझौला खालको जलबिद्युत आयोजना निर्माण ५/६ बर्षको समयाबधि चाहिन्छ ।

उत्पादन लागत प्रति मेगावाट सरदर १६ करोड रुपैयाँ पर्न जान्छ । लगानी उठाउन २०/२५ बर्ष नकुरी धरै पाईदैन ।  कृषि यस्तो क्षेत्र हो जुन थोरै भन्दा थोरै पूँजीमा शूरुवात गर्न सकिन्छ । अर्थात प्रकृति अनुसार २/४ हजारको बिउ पूँजीवाट शुरु गर्न सकिन्छ ।  प्रकृति अनुरुप प्रतिफल ३ महिना देखि ५ बर्षमा सहजै प्रतिफल प्राप्त गर्न सकिन्छ । खासै ज्ञान, सिप र प्रबिधिको दरोकार पनि पर्दैन । कृषि क्षेत्रद्धारा समृद्धि ल्याउन सकिने अनेकन उपक्षेत्रहरु छन् ।

फलफुल, तरकारी, जडिबुटी, पशुपालन, मौरीपालन, कुखुरापालन, मत्स्स्यपालन उच्च सम्भबनायुक्त क्षेत्रहरु हुन् ।  सबैखाले पशुपालनका लागि नेपालको हावापानी र भुबनावट सुयोग्य मानिन्छ । पशुपलान गर्र्दा दुध, दही, घिऊ, मासु, ऊन, छाला, हड्डी प्राप्त हुन्छ । दूधवाट हजारौ परिकारहरु तयार पार्न मात्र सकिदैन, मूल्य अभिबृद्धि श्रृंखलाको गुन्जाईस पनि त्यति कै छ । गाईको सिङ्ग, खुर वा छाला प्रशोधन गरी निर्माण गर्न सकिने अनेकौ बस्तुहरु छन् । गाईको गोबर तथा गहुँतवाट जैबिक मल बनाउन सकिन्छ । गडौला मलको लागि गोबर वा गहुत स्रोत बस्तु हुदै हो ।

डेरिफर्म, कृषि सहकारी, शित भण्डार सञ्चालन गर्दा एउटा ब्यावसायीले सरदर  ५/७ जना दक्ष तथा अदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सक्दछ । गुँँइठा वा गोबर आगो वाल्न वा गोबरग्याँस उत्पादनमा प्रयोग हुन्छ । गोबर ग्यासद्धारा  एलपी ग्याँसको आयात रोकथान गर्न टेवा मिल्छ । काठे चौपायाको अलावा उन्नत खालको चौपाया पाल्दा एक पटकमा १५/२० माना सम्म दूध प्राप्त गर्न कुनै मुस्किल पर्दैन । प्रतिलिटर ७० का दरले मात्र बिक्री गर्दा दैनिक ११/१४ सय र मासिक ३३/४२ हजार आर्जन गर्न सकिन्छ ।  उक्त रकम भनेको एक डेडलाख लगानी गरेर अरबमा जाने रकम जति हो । होलस्टेन जातको गाईवाट दैनिक ४० लिटर सम्म दुध प्राप्त गर्न सकिन्छ ।

जुन २८ सय अथवा मासिक ८४ हजार वा बार्षिक १० लाख हुन आउछ । जुन अमेरिका, युरोप वा नर्डिक मुलुकमा पुगेको दक्ष नेपाली गर्ने आय आर्जन समान हो । मनाङ्ग, मुस्ताङ लगायत हिमाली जिल्लाको हावापानी ट्राउट माछाको लागि अति उत्तम मानिन्छ । अन्य हिमाली जिल्लामा पनि ट्राउट अनुकुल हावापानीको अभाब छैन् ।  केवल २ सय ५० रुपैयाँ  बराबरको  दानाद्धारा एक केजी ट्राउट उत्पादनका गर्न सकिन्छ । जबकी १ केजी ट्राउट १ हजार रुपैयाँमा सहजै बिक्री हुन्छ । ट्राउटद्धारा स्थानीय स्तरमा रोजगारी सृजना वा माछाको आयात प्रतिस्थापना मात्र गर्न सकिदैन बरु कृषि पर्यटन प्रबद्र्धनमा समेत टेवा मिल्दछ ।  हाईब्रिड बिउको प्रयोगवाट ३० प्रतिशत सम्म उत्पादन बृद्धि गर्न सकिने अनुसन्धानले देखाएको छ ।

भारत कै कुरा गर्ने हो भने एमएस स्वामिनाथनले मेक्सिकोवाट झिकाइएको उन्नत जातको बिउकै वाहुबलीमा हरितक्रान्ति सफल तुल्याएको नजिर छ । परन्तु हाईब्रिड बिउमा नेपाल परनिर्भर जस्तै छ । जबकी गोलभेडाको एक केजि हाईब्रिड बिउवाट ८०  हजार रुपैयाँ सम्म आर्जन हुन्छ । अन्य कृषि उपजको हाईब्रिड बिउ उत्पादन गर्नु कुै असंभब कुरा होइन । मूल्य रामै्र प्राप्त हुन्छ । ठूलो अलैची उत्पादनमा नेपाल बिश्व मै अग्रस्थानमा छ । क्युन अफ स्पाईस मानिने  अलैची प्रतिमन ८० हजार देखि १ लाख सम्म बिक्री गर्नु कुनै कठिन छैन ।

मसला तथा औषधिको रुपमा प्रयोग हुने अलैची हाल मुलुकका ४१ जिल्लाहरुमा खेती भईरहको छ । अरब तथा युरोपमा तेल, मिठाई, केक पेस्टी बनाउन, चिया तथा कफिमा प्रयोग हुने अलैची आफैमा खोल्साको सुन समान मानिन्छ । ताप्लेजुङ, संखुवासभा, इलाम, पाँचथरमा सर्बाधिक उत्पादन भईरहेको क्युईन अफा स्पाईसका नामले प्रख्यात ठूलो अलैची नेपाल वाहेक भुटान, श्रीलंका, मलेसिया, भारतमा मात्र उत्पादन हुन्छ ।  कफि  त्यस्तो खेती हो, जसवाट ३ बर्ष मै प्रतिफल प्राप्त गर्न सकिन्छ । छोडाएको कफि(पार्चमेन्ट) दाना प्रतिकेजी साढे चार सयमा बिक्री हुन्छ । एउटै बोटले बर्षमा ७५ केजी पाकेको दाना(चेरी) उत्पादन दिन सक्छ । एउटा वोटवाट ८० बर्ष सम्म उत्पादन प्राप्त गर्न सकिन्छ ।

कफि खेतीवाट दाउरा घाँस र भुक्षय रोक्न समेत टेवा मिल्छ । किसानलाई प्रोत्साहित गर्न निः शुल्क कफिको बिरुवा बितरण गर्ने गरिएको छ । नेपालमा उत्पादित कफिको माग अन्तर्राष्ट्रिय बजारमा उच्च मात्र छैन राम्रै मूल्य प्राप्त भईरहेको छ । कफि खेतीको अहिले पनि गुल्मी, पर्बत मै सीमित छ जबकी त्त प्रकारको हावापानी र भुबनावट नेपालमा बग्रेल्ती उपलब्ध छ ।   मसिनो अल्लोे प्रति किलोग्राम ७०० रुपैयाँमा मारामार बिक्री हुन्छ ।

बाग्लुङ, संखुवासभा, प्युठान लगायतका जिल्लामा अल्लो रामै उत्पादन हुन्छ । अल्लोद्धारा स्थानीयरुपमा खेर गईरहेका कच्चापदार्थको सदुपयोग मात्र हुदैन, निर्यात गरी बैदेशिक मुद्रा आर्जन गर्न मात्र सकिन्छ । स्वभाबिकैरुपमा कपडा आयात प्रतिस्थापनमा समेत टेवा मिल्छ । सिस्नुको धुलो प्रति किलोग्राम ५०० रुपैयाँमा बिक्री गर्न कुनै पापड पेल्नु पर्दैन । सिस्नु टिप्न १ दिन खर्चिए पुग्छ । एक किलोग्राम सिस्नुको धुलो तयार पार्न ३ दिन खर्चिए पुग्छ । सिस्नु खोल्सा–खोल्सी, सिम, वारीको आँठोमा सहजै प्राप्त गर्न सकिन्छ । उब्जाउ भूमि नै चाहिन्छ भन्ने केही छैन, सिस्नुको लागि ।

बाँस वा चोयाँको कार्य गर्दा मासिक १५/२० हजार रुपैया आर्जन गर्न कुनै कठिन पर्दैन । निर्यात सम्भबना बोकेका वाँसवाट निर्माण गर्न सकिने हजारौ कलात्मक बस्तुहरु छन् । खोल्सा, वारीको डिल वा सीमान्त भूमिमा बाँसको झाङ्ग सहजै फैलाउन सकिन्छ । वाँसको लागि मलजल, वारबन्देज त्यति खाँचो पर्दैन । एभोक्याडो प्रति किलोग्राम  १ एक हजार रुपैयामा खोसाखोस बिक्री हुन्छ ।  कोलोस्ट्रल फ्रि उक्त फलको लागि राजधानीको हावापानी सुयोग्य मानिन्छ ।

जापानमा अति रुचाईने एभोक्याडो वारीको अाँठो वा करेसावारीमा सहजै उत्पादन गर्न सकिन्छ । समुद्री सतह देखि २ सय ५० मिटर उचाइमा उत्पादन हुने स्टेमिया चिनी भन्दा ३०० गुना गुलियो कृषि बस्तु हो । यसहिसाबले सिंगो तराई स्टेमियाको सम्भाबना छ । स्टेमिया  चिनीको बढदो मागलाई भरथेग गर्ने गतिलो बिकल्प हुनसक्छ । लोक्ता निर्मित हाते कागज प्रति किलोग्राम १ हजारमा रुपैयाँमा छोपाछोप बिक्री हुन्छ । लोक्तावाट हजारौ कलात्मक बस्तुहरु निर्माण गर्न सकिन्छ । दोलखा, तेह्थुम, संखुवासभाका जंगलमा लोक्ता सहजै संकलन गर्न सकिन्छ ।

जापानी ऐन छाप्न प्रयोग भईरहेको लोक्ताको प्रबद्र्धनवाट स्थानीय कच्चा पर्दाथको  सदुपयोग मात्र हुदैन, कागजको बढदो आयात भरथेग गर्न सघाउ पुग्दछ ।  चिराईतो सरदर प्रतिमन  ३५ हजार रुपैयाँमा, जटामसीको तेल सरदर प्रति किलोग्राम  २० हजार रुपैयाँमा, सुगन्धवालको तेल सरदर प्रति किलोग्राम ३२ हजार रुपैयाँमा,  बोझोको तेल सरदर प्रति लिटर ४५ हजार रुपैयाँमा, टिमुरको तेल सरदर प्रति किलोग्राम ३५ सय रुपैयाँमा अन्तर्राष्ट्रिय बजारमा बेच्न कुनै पहाड फोर्नु पर्दैन । यार्सागुम्वा त झन सर्बाधिक महंगो जडिबुटि हुदै हो । कर्णाली क्षेत्र यसै पनि जडिबुटिको खानी मानिन्छ । हाम्रा जंगलहरुमा जडामसी, सुगन्धवाल लगायतका ७ हजार प्रकारकौ जडिबुटिहरु उपलब्ध छन् । किन्तु यी अमूल्य जडिबुटी पहिचान र उपयोग गर्ने क्षमताको अभाबमा बर्षेनी खेर गईरहेका छन् ।

तथापि,  प्रारम्भिक चरणमा वाटो देखाइदिने, बित्तीय सुबिधा उपलब्ध गराईदिने, बजार प्रबन्ध गरिदिने दायित्व  राज्यकै हो । कृषि बिकास मन्त्रालय, कृषि बिभाग, कृषि अनुसन्धान परिषद लगायकताका अड्डा यस क्षेत्रमा संलग्न छन् । कृषि क्षेत्रको उत्थानको लागि यस अलवा सिचाई मन्त्रालय, भूमिसुधार तथा ब्यवस्था मन्त्रालय, पशुपंक्षी बिकास मन्त्राय खडा भएका छन् ।

०७४।७५ मा कृषि बिकास मन्त्रालयका लागि २४.२६ अर्ब, भूमि सुधार तथा ब्यवस्था मन्त्रालयका लागि ६.६९ अर्ब,  सिचाई मन्त्रालयका लागि २७.४० अर्ब र पशुपक्षी बिकास मन्त्रालयका लागि ६.१३ अर्ब गरी कूल ६४.४८ अर्ब बियियोजन भएको छ । जुन चालु आ.व.मा बिनियोजित १२ खर्ब ७८ अर्बको ५.०५ प्रतिशत हो । यतिबिघ्न सम्भाबनाका वाबजुध कृषि क्षेत्र किन उठन सकिरहेको छैन ?  किन युवातप्का कृषि क्षेत्रवाट बिमुख छन् ? किन कृषि क्षेत्रको लगानी वालुवा हालेको पानी भईरहेको छ ? बुझि नसक्नु छ !

ब्यापार अधिकृत, नेपाल टेलिकम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =