इटहरी गोल्डकप फुटबल प्रतियोगिता आज देखि

काठमाडौं, माघ ६ । मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु हुँदैछ । पूतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन्  । गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय गरिएको छ ।

पहिलो दिन आज ललितपुरको थ्रीस्टार र एपीएफबीच प्रतिस्पर्धा हुँदै छ । एफसी कपको प्ले–अफमा एन्फाले टिम दर्ता नगरेपछि खेल्ने अवसर नपाएकोमा क्षतिपूर्ति माग्दै फुटबल गतिविधिबाट अलग रहेको थ्रीस्टार धनगढीमा सम्पन्न सुदूरपश्चिम खप्तड गोल्डकपबाट मैदानमा फर्किएको थियो ।

तर उसको पुनरागमनको यात्रा दोस्रो चरणमा रोकिएको थियो । धनगढीमा एपीएफ भने फाइनलमा आर्मीसँग टाइब्रेकरमा हारेको थियो । त्यसैले स्टार खेलाडीले भरिएको थ्रीस्टार र एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =