बाम एकता बारे ओली दाहाल बीच आज पनि छलफल
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ ६ । पार्टी एकतालाई अन्तिम रुप दिने गृहकार्यमा जुटेका एमाले र माओवादी केन्द्रबिच शनिबार पनि छलफल हुँदैछ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको भेटवार्तामा पार्टी एकतालाई छिटै टुंगोमा पुर्याउने सहमतिअनुसार शनिबार थप छलफल हुन लागेको हो । आइतबार पार्टी एकता समन्वय समितिको बैठक बस्नुअघि एकताको खाकाबारे छलफल हुन लागेको हो ।
दुई पार्टीबिचको छलफलमा पार्टी एकतासँगै राष्ट्रियसभाको गठन र प्रदेश सरकारको विषयमा पनि कुरा हुने नेताहरुले बताएका छन् राष्ट्रियसभामा वाम गठबन्धनले ५६ मध्ये ४३ पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको छ । निर्णयमा एमालेलाई २९ र माओवादीलाई १४ पद दिने सहमति भए पनि त्यसलाई सामान्य हेरफेर गर्ने तयारी छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








