‘उपेन्द्र र राजेन्द्र गद्धार हुन्, वीरगञ्ज राजधानी नभएसम्म आन्दोलन रोकिन्न’

“काठमाडौं, माघ ५ । वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन सशक्क्त आन्दोलन गर्ने वीरगञ्जबासीले चेतावनी दिएका छन् । बिहीबार काठमाडौमा वीरगञ्ज राजधानी संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले प्रदेश नम्बर–२ को राजधानी वीरगञ्ज नबनाउँदासम्म आन्दोलन नरोकिने बताए ।
पत्रकार सम्मेलनमा संर्घष समितिका अध्यक्ष चौधरीले मधेशको नाममा राजनीतिक दलहरुबाट धोका भएको आरोप लगाए ।
उनले भने, ‘२००७ सालको क्रान्तिको शुत्रपात भूमि वीरगञ्ज हो, उक्त आन्दोलनको पहिलो शहीद थिरबम मल्ल वीरगञ्जकै हुन, राज्यलाई ७८ प्रतिशत राजश्व बुझाउने जिल्ला वीरगञ्ज हो, जनकपुरभन्दा हजारौ गुणा सम्भावना र पूर्वाधार भएको जिल्ला पर्सा हो, हरेक राजनीतिक आन्दोलनको मूख्य थलो वीरगञ्ज हो, अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक निर्माण हुँदैछ, यस्ता तमाम कुराको आधारमा प्रदेश नम्बर २ को राजधानि वीरगञ्ज हुनुपर्छ, वीरगञ्जलाई राजधानी नतोकेसम्म हाम्रो आन्दोलन रोकिदैन ।’
पूर्व मन्त्री चौधरीले मधेशको नाममा राजेन्द्र महतो र उपेन्द्र यादवले सबैभन्दा बढि गद्धारी गरेको आरोप लगाए ।”








