जेलबाट कैदी फरार !

काठमाडौं, माघ ५ । चोरी काण्डमा जेलमा रहेका एक कैदी डिल्लीबजार जेलबाटै फरार भएका छन् । पुस २६ गते पक्राउ परेका रामेछापको दोरम्बा स्थायी घर भएका टिका बिहिबार राती भागेका हुन् ।

घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै बिहीबार राती ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =