‘इण्डियाज नेक्स्ट टप मोडल’ की सविता अाेप्पाे क्यालेन्डर २०१८ मा

“
एजेन्सी । भारतीय टेलिभिजन एम टिभीबाट प्रसारण हुने सो ‘इण्डियाज नेक्स्ट टप मोडल’ को तेस्रो सिजनमा रहेकी नेपाली मूलकी सविता कार्की अहिले भारतीय मिडियामा चर्चामा उदाएकी मोडल हुन् ।
‘इन्डियाज नेक्स्ट टप मोडल’को तेस्रो संस्करणमा सविता फस्ट रनरअप भएपछि भारतीय मिडियामा उनलाई प्रतिभा भएको नयाँ मोडलका रूपमा लिइएको छ । उक्त प्रतियोगिताको उपाधि भने अमदाबादकी राया सुवोधले हात पारेकी थिइन् ।
सविताले विभिन्न चरणमा आफूलाई अब्बल साबित गर्दै अन्तिम राउन्डसम्म आइपुगेकी थिइन् ।
भारतीय मोडिलिङ करियरको लागि यो प्रतियोगिता ‘गेट वे’ हो । प्रतियोगितामा बलिउडका चर्चित फोटोग्राफरदेखि अभिनेत्रीसम्म निर्यायक रहेका छन् ।
रियालिटी सोको अन्तिम तीन विजेतालाई ओपो २०१८ को क्यालेन्डरको लागि फोटोशूट गराइएको थियो । उक्त फोटो सुटमा सविता अझ ग्लामरस लुक्समा प्रस्तुत भएकी छिन् । किङफिसर सुपर मोडल २ को विजेता आस्था पोख्रेल पछि भारतमा सबैभन्दा माथिल्लो प्रतिस्पर्धामा पुगेकी सबिता दोस्रो नेपाली मोडल हुन ।
हेरौँ ओप्पो क्यालेन्डर माेडल सविताका केही तस्विरः
तस्विरः इन्स्टाग्राम/फेसवुकबाट
“








