ट्याक्सी र मोटरसाइकल ठोक्किदा भक्तपुरमा एकजनाको मृत्यु
२०७४ जेठ १५ गते

“
भक्तपुर, माघ ५ । भक्तपुरमा ट्याक्सीसँग दुई वटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । सिर्जननगरमा बा २ ज २०४१ नम्बरको ट्याक्सीमा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकल र बा ८५ प ७०४६ नम्बरको मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा बा ४४ प ५१५२ नम्बरको मोटरसाइकलका चालक दोलखाका ३५ वषीय रोशनकुमार बस्नेतको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा काभ्रेका केदार खनाल, दोखलामा मनोज योन्जन रामेछापका दावा मोक्तान घाइते भएका छन । उनीहरुको भक्तपुर अस्पतामा उपचार भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








