स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिड बिजयी

काठमाडौं, माघ ५ । स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले लेगानेजालाई १–० ले हराएको छ । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो ।

खेलमा रियल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे । रियल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =