धनगढी: सडकको चौडाई घटाउने चलखेल विरुद्ध युवा दवाव समुहद्धारा वन्दको घोषणा
२०७४ जेठ १५ गते

“बिष्णु जोशी
धनगढी, माघ ५ । मोहना पुल–अत्तरीया ६ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध युवा दवाव समुहले शुक्रबार धनगढी वन्दको घोषणा गरेको छ । युवा दवाव समुहले ६ लेन सडकको चौडाई घटाउने विरुद्ध खवरदारी गर्न धनगढी वन्दको घोषणा गरेको जनाएको छ । युवा दवाव समुहका सयोजक अर्जुन रावलले दृष्टीविहीन युवाहरुको अगुवाईमा दवाव स्वरुप बन्दको घोषणा गरिएको जानकारी दिनुभएको छ ।
दृष्टीविहीन युवाहरुको अगुवाईमा गठन गरिएको उक्त युवा दवाव समुहले केहीदिन अघि छ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध धनगढीमा प्रदर्शन समेत गरेको थियो । सयोजक रावलले विकाशका लागि बन्दको आह्वान गरिएकाले सवैलाइ सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








