अष्ट्रेलिया चिनाउन राईटपाथमा विज्ञहरुद्धारा परामर्श

काठमाडौं, माघ ४ । अष्ट्रेलिया लगायतका मु्लुकमा पढ्न जान चाहने विद्यार्थीका लागि सहजिकरण गर्दै आएको ‘राईटपाथ करिअर काउन्सिल’ले अष्ट्रेलिया चिनाउन सेमिनार आयोजना गरेको छ ।

बिहिबार राजधानीको पुतलीसडकस्थित संस्थाको कार्यालयमा आयोजना गरिएका दुईवटा छुट्टाछुट्टै कार्यक्रममा विज्ञहरुले अष्ट्रेलियामा पढ्न जान चाहने विद्यार्थीका लागि चुनौती र अवशर बारे प्रष्ट पारेका थिए । अस्ट्रेलिया जानुअघि कस्तो विद्यालय छनोट गर्ने, कुन विषय छनोट गर्दा विद्यार्थीको भविष्य सही हुन्छ र यसका लागि के–के प्रक्रिया आवश्यक हुन्छ भन्ने बारेमा सेमिनारमा विस्तृत जानकारी दिइएको थियो ।

पहिलो सेमिनारमा हार्डवर कलेज अष्ट्रेलियाका प्रतिनिधि, नेपाल कन्ट्रि हेड मुकेश धमलाले हार्डवर कलेजबारे जानकारी गराएका थिए । धमलाले विद्यार्थीहरुले राखेका जिज्ञासाको सम्बोधन गर्दै त्यहाँको रहनसहन, शैक्षिक अवस्था एवं नेपाली विद्यार्थीका लागि जान्नैपर्ने कानुनी प्रकृयाका बारेमा अवगत गराएका थिए ।

यस्तै, दोस्रो चरणको कार्यक्रमका विज्ञहरु थिए : अष्ट्रेलियन इन्टरनेशनल एकेडेमीका विजनेस डेभलपमेन्ट म्यानेजर मिष्टर ब्लाड र सोही कलेजका डाईरेक्टर अफ मार्केटिङ सुभाष शाह । विज्ञद्धयले पनि आफ्नो कलेजका बारेमा विद्यार्थीहरुलाई विस्तृतमा जानकारी गराउनुका साथै अष्ट्रेलियामा नेपाली विद्यार्थीले भोग्नुपर्ने समस्या, कानुनी जटिलता, पिआर सम्बिन्धि व्यवस्था एवं विदेशी विद्यार्थीले उपयोग गर्नसक्ने अवशर बारे स्पष्ट पारेका थिए ।

कलेजका डाईरेक्टर अफ मार्केटिङ शाह विगत २८ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका र त्यहाँको कानुनी तथा शैक्षिक व्यवस्थाबारे बिज्ञता हासिल गरेका ब्यक्ति हुन् ।

दुबै कार्यक्रममा गरी करिब ५० जना विद्यार्थीहरुको सहभागिता रहेको सेमिनारमा विद्यार्थीले राखेका जिज्ञासाको विज्ञहरुले जवाफ दिएका थिए । कार्यक्रममा अष्ट्रेलियाको शैक्षिक र कानुनी विषयहरुसहित त्यहाँको जीवनशैलीबारे पनि खुलस्त छलफल भएको थियो ।

यसप्रकारका कार्यक्रमले नेपाली विद्यार्थीलाई अष्ट्रेलियाबारे विस्तृतमा बुझ्न सहज हुने राईटपाथ करिअर काउन्सिलका सिईओ फिलिप डिसि बताउँछन् । राईटपाथले Abroad Study मा जाने विद्यार्थीलाई दक्ष, अनुभवि र मान्यता प्राप्त परामर्शदाताबाट परामर्श दिँदै आइरहेको डिसिले जानकारी दिए । राईटपाथले विद्यार्थीलाई IELTS, TOEFL, PTE, SAT जस्ता अन्तर्राष्ट्रिय कोर्स समेत अध्यापन गराउँदै आएको छ । राईटपाथले यस्ता सेमिनारहरु नियमित गरिरहने पनि सो अवशरमा डिसिले बताए ।

अहिले नेपालबाट वार्षिक २० हजार भन्दा बढी विद्यार्थी Abroad Study कै लागि विदेश गइरहेका छन् । Abroad Study मा जाने अधिकांश विद्यार्थीहरूले अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड जस्ता देशहरू रोजेको पाइन्छ । यी देशहरूमा जानका लागि विद्यार्थीलाई सही दिशानिर्देश गर्ने काम शैक्षिक परामर्श व्यवसायी संस्थाहरूले गर्दै आइरहेका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =